स्पेनमा एक टेलिभिजन कार्यक्रममा एकजना महिला अभिनेत्रीलाई लाजमर्नु भएको छ ।
टेलिभिजनमा लाइभ कार्यक्रम चलिरहेको बेला कार्यक्रम संचालकले ती
अभिनेत्रीमाथि जुन हर्कत गरे त्यसले ती महिलालाई त लाजमर्नु भयो नै
कार्यक्रममा उपस्थित अन्य व्यक्ति तथा टेलिभिजन हेर्नेलाई समेत …..लाई
भन्दा देख्नेलाई लाज भनेझैँ भयो ।
लाइभ टिभी शो चलिरहेका बेला
कार्यक्रम संचालकले योला ब्याररोकल नामकी ती महिला अभिनेत्रीको कपडा
खुस्काइदिए । जसका कारण अभिनेत्रीको एउटा वक्ष बाहिरै देखियो । अभिनेत्रीले
हत्त न पत्त खुस्किएको टप्स माथि सासेर नांगो वक्ष ढाकिन् र आश्चर्यभाव
प्रकट गरिन् । उनको कपडा खुस्किएर स्तन देखिएसँगै टेलिभिजनमा हाँसो
गुन्जिएको सुन्न सकिन्छ र अन्य उपस्थित मानिसहरु पनि छक्क परेको देखिन्छ ।
कार्यक्रम
प्रस्तोताले कुराकानीकै क्रममा त्यसरी अभिनेत्रीले छातिको लुगा
खुस्काइदिने काम जानीजानी गरेका हुन् वा अन्जानमै त्यस्तो गल्ती भयो भन्ने
चाहीँ खुलेको छैन ।
प्रस्तोताले आफुमाथि त्यस्तो हरकत गरेर आफ्नो
बेइज्जत गरेपछि रिस र लाजले रातोपिरो हुँदै ती अभिनेत्री उठेर हिँडिन् ।
उनीसँग ती कार्यक्रम प्रस्तोता तथा टेलिभिजनका अन्य मानिसहरुको समेत सवाल
जवाफ भएको सुन्न सकिन्छ । सायद उनीसँग माफी माग्दै कार्यक्रममै बस्न आग्रह
गरिएको हुनसक्छ ।
एकजना अर्का प्रस्तोताले उनलाई धेरै आग्रह गरेपछि
उनी बल्ल पुनः कार्यक्रममा सहभागी हुन राजी भएर कुर्सीमै फर्किएको भिडियोमा
देख्न सकिन्छ । यो भिडियो निकै भाइरल बनेको छ र ४ लाख भन्दा धेरैले
हेरिसकेका छन् ।