माओवादी केन्द्रका नेता राम ढुंगेल माथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक ~ Online Buzzers

Post Top Ad

माओवादी केन्द्रका नेता राम ढुंगेल माथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक






















२२ भदौ, दोलखा । नेकपा माओवादी केन्द्र दोलखाका नेता राम ढुंगेल खुकुरी प्रहारबाट गम्भिर घाइते भएका छन् ।कालिञ्चोक गाउँपालिकाका सह–संयोजक ३३ वर्षीय नेता ढुंगेल खुकुरी प्रहारबाट गम्भिर घाईते भएका हुन् । कालिञ्चोक गाउँपालिका ३ लामिडाँडाका ढुंगेललाई आज मध्यान्ह १२ बजेतिर कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेका अन्दाजी ४० वर्षिय देउता भनिने खड्क बहादुर बुढाथोकीले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रमेश प्रधानले जानकारी दिनुभयो ।











आज दिउँसो बिगु गाउँपालिका अन्तर्गत लादुकको झोरुङ भन्ने स्थानमा कामको शिलशिलामा पुगेका ढुँगेललाई बुढाथोकीले एक्कासी पछाडिवाट खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारवाट ढुँगेलको टाउकोमा गम्भिर चोट लागेको छ ।
ढुंगेललाई पुरानो रिसिविका कारण खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बुढाथोकीलाई सिंगटीबाट नियन्त्रणमा लिईएको र उनीमाथि थप अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाईते भएका ढुंगेललाई थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याईएको छ । जिल्लामा उपचार हुन नसके पछि उनलाई थप उपचारका लागि हेलिकोप्टर मर्फत राजधानी लैजाने तयारी भईरहेको छ ।

Post bottom Ad