लण्डनको रेलमा शुक्रबार भएको आक्रमणसँग सम्बन्धित रहेको आंशकामा एक जना १८ वर्षीय पुरुष पक्राउ परेका छन्।
ती पुरुषलाई केन्ट प्रहरीले डोभरको बन्दरगाहा क्षेत्रबाट पक्राउ गरेको थियो।
र, उनलाई अहिले स्थानीय प्रहरी चौकीमा राखिएको छ।
लण्डन रेल विस्फोट ‘आतंकवादी घटना’
'महत्वपूर्ण'
मेट्रोपोलिटन प्रहरीका उपसहायक कमिस्नर निल बासुले उक्त गिरफ्तारी 'महत्वपूर्ण' भएको तर आतंकवादको खतराको तह अहिले पनि 'उच्च' रहेको जनाए।
पार्सन्स ग्रीनमा रेलमा भएको विस्फोटमा ३० जना घाइते भएका थिए।
अधिकांशलाई सामान्य चोटपटक लागेको र उपचारपछि उनीहरु घर फर्किएको जनाइएको छ।
तर तीन जना घाइते भने अझै अस्पतालमै रहेको लण्डन एम्बुलेन्स सर्भिसले बताएको छ।