५ तस्बिरमा ज्योति मगर, भन्छिन्– पैसा आउँदा कसले छाड्छ ~ Online Buzzers

Post Top Ad

५ तस्बिरमा ज्योति मगर, भन्छिन्– पैसा आउँदा कसले छाड्छ

काठमाडौं, ११ भदौ । गायिका ज्योति मगरले यसपालिको तिजमा गीतै रेकर्ड गरिनन् तर गीत गाउन छाडिनन् । व्यस्त ज्योति देशविदेशका कार्यक्रम छाड्न चहान्न् ।

राम्रो पैसा आए काम गरिने बताएकी ज्योतिले पोखरामा फोटोसुट पनि गराएर फर्किन् । अञ्जन श्रेष्ठले चिसो चिसो पोखरामा उनको गर्मी ल्याउने तस्बिर खिचे ।



साझा पोष्टसँग उनले भनिन्,‘तत्काल एल्बम केही ल्याइन, नयाँ एल्बमको तयारीमा छु । ८÷९ वटा गीत तयार भएका छन् ।’
एल्बमको नाम उनले खुलाइनन् । स्टेज कार्यक्रममा मात्रै व्यस्त भएर हो ? साझा पोष्टको प्रश्नको उत्तर दिँदै ज्योतिले भनिन्,‘राम्रो पैसा आउँछ, पैसा आउँदा कसले छाड्छ ।’
ज्योतिलाई गसिप बजारसँग खुसी लाग्छ । उनले कहिलेकाहीँ अड्कलबाजीमा लेखिएका कुरा गलत हुने भएपनि त्यसलाई ध्यान दिन छाडेको बताउँदै थपिन्,‘गसिप आउने नै कलाकारको हो, धेरै नराम्रा कुरा आउन भएन, बाँकी त मिडियाविना कलाकार कहाँ बाँचिरहन्छ र ?’



Post bottom Ad