फिल्म निर्माण घोषणा समारोहमा लाखे नाच समेत देखाइएको थियो । निर्माण बापत पचास लाख लागत अनुमान गरिएको ‘लाखे भाजु’ मा अशिष्मा नकर्मी, सोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी, गणेशराम लाछी लगायतका कलाकारको अभिनय रहनेछ ।
यो फिल्म नेपालका स्थापित तीन ठूला मेकर नरेन्द्र महर्जन, गोपालकाजी कायस्थ र प्रदीपकुमार उदय मिलेर निर्माण गर्दैछन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सांस्कृतिक विषयमाथि फिल्म निर्माण गर्ने जानकारी दिइएको हो ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, मनराजा नकर्मीको संगीत, खड्ग बहादुर तामाङको कला निर्देशन रहनेछ । समारोहमा नेपाल भाषाको फिल्ममा कार्य गरी योगदान पु¥याएका व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रम समेत नेवारी भाषामै सञ्चालन गरिएको थियो । नरेन्द्र, गोपाल र उदयको अलवा फिल्ममा सुन्दर राज भण्डारी र दिपक श्रेष्ठको लगानी रहनेछ ।