देशको लागि ओली अझै २० वर्ष भन्दा बढी बाँच्नु पर्छ ओलीले लिएको राष्ट्रबादी अडानले देश बन्छ ~ Online Buzzers

Post Top Ad

देशको लागि ओली अझै २० वर्ष भन्दा बढी बाँच्नु पर्छ ओलीले लिएको राष्ट्रबादी अडानले देश बन्छ

भलै भन्नेहरुले केपी ओलीलाई उखाने टुक्के भनेनी उनको सोच अनि राष्ट्रपट्टिको लगाब अरु भन्दा धेरै माथि छ ! भन्ने बित्तिकै कसले पो पुरा गर्न सक्छ र ? म मेरो रास्ट्रलाइ यस्तो बनाउछु भनेर सोच्नु पक्कै पनि गलत होइन !

नेपाल जस्तो सानो गरिब देशमा धेरै पार्टी हुन हुँदैन । शिद्धान्ततः यो राम्रो कुरा हो कि अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति मिसिने विषय । यस्तो धु्रवीकरण कांग्रेसले पनि गर्नु पर्छ ।नेपालमा संविधान जारी गर्दा जनताको चाहना विपरीत हिन्दू धर्मलाई लात हानेर फालियो । राजसंस्थालाई नीतिविपरीत फालिदिए । क्रिष्चियन धर्म मलजल गर्न यिनीहरुले हिन्दूधर्म फालेका हुन् । राष्ट्रपति पाउछु भनेर गिरिजाप्रसाद कोइरालाले जथाभावी गरिदिए । नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला खराब व्यक्ति हुन् । विपी कोइरालाको नाम बेचेर कोइरालाहरुले देश लुटिरहेका छन् ।यो देश कर्मचारीले पनि बिगारेका छन् । भूकम्पमा, बाढीमा कर्मचारी जाँदैनन । त्यही सेना र पुलिसले सबै गर्नु पर्छ । देश बिगार्ने धेरै छन् । ती मध्ये कर्मचारीतन्त्र पनि हो । यो कर्मचारीतन्त्रले कहिले पनि चिनिया प्रोजेक्ट पास गर्न दिदैन ।नेपालका बुद्धिजीवीलाई युरोपेली, अमेरिकी र भारतले पालेको छ । केही बुद्धिजीवीहरु देशमा कुनै राम्रोकाम हुन लाग्यो भने उफ्रिन थालिहाल्छन् ।बाबुराम, प्रचण्ड, केपी ओली मिलेर बस्नुको धेरै अर्थ छन् । अहिलेको एकता प्रक्रिया भनेको अवसरका लागि गरिएको हो । प्रचण्डमा द्रव्य मोह धेरै छ । कुर्सीमा बसेपनि रास्ट्रका लागि न त तेस्तो केहि प्लान नै छ न त तेस्तो ग्यान ! मन्त्री प्रधानमन्त्री भइसकेकाहरुमा सत्ताको स्वाद बसेको हुन्छ । तर केही राम्रा पक्ष पनि छन् । मेरो आग्रह छ, बाबुरामले यो पार्टी नभाडूँन् । ओलीजी अझै २० वर्ष भन्दा बढी बाँच्नु पर्छ ।अब कांग्रेसले पनि गठबन्धन बनाउनु पर्छ । राजासहितको मोर्चा बनाउनु पर्छ । राजालाई पनि साथ लिएर अगाडि बढ्नु पर्छ । अब जसरी पनि सेनाको भूमिका बढ्नुपर्छ । देशमा एउटा राजा चाहिएकै छ । ल्याउनु पर्छ । त्यो शाहवंशीय पनि हुन सक्छ । मल्ल राजाका सन्तान पनि हुन सक्छन् । जो भए पनि चाहिन चाहिँ राजा चाहिएको छ देशलाई !
अब ।नेपाली सेनाका पूर्वसहायक डा.रथि प्रेम सिंह बस्न्यात सुरक्षा मामिला जानकारमात्रै नभएर नेपालको राजनीतिलाई नजिकबाट विश्लेषण गर्ने विश्लेषक पनि हुनुहुन्छ । राष्ट्र, राष्ट्रियता, सार्वभौमिकतामा स्पष्ट अडान राख्ने बस्न्यातले नेपालका केही बुद्धिजीवीहरुलाई विदेशीको इशारामा नाच्ने कुतत्वको संज्ञा पनि दिनु भएको छ । निडर र स्पष्टवक्ता बस्न्यातसँग नेपालआजले वाम एकता प्रक्रियाअघि बढेपछि गरेको सो गठबन्धन बारे राखेको विचारहरु ।

भिडियो हेर्नुहोस

Post bottom Ad