इन्स्टाग्रामको प्रयोग मस्तिष्कलाई घातक ~ Online Buzzers

Post Top Ad

इन्स्टाग्रामको प्रयोग मस्तिष्कलाई घातक

बीबीसी, २२ भदौ । सामाजिक सञ्जालहरू मध्ये इन्स्टाग्रामको प्रयोग किशोरकिशोरीको मानसिक स्वस्थ्यका लागि निकै घातक हुने एक अध्ययनले देखाएको छ । ब्रिटेनमा हालै सम्पन्न एक सर्भे पछिको रिपोर्टले यस्तो नतिजा सार्वजनिक गरेको छ । उक्त सर्भेमा १४ देखि २४ वर्षसम्मका युवायुवतीलाई समावेश गरिएको थियो । जसमा १४७९ जना सहभागी थिए ।आम मानिसबीच रुचाइएका पाँच सामाजिक सञ्जालको प्लेटफर्मको विकल्प दिएको थियो । उनीहरूलाई हरेक प्लेटफर्मको बेचैनी, डिपे्रशन,  एक्लोपना लगायतका शीर्षकमा स्कोर दिइएको थियो । उक्त सर्भेको नतिजा देखेपछि मानसिक स्वास्थ्यमा काम गर्ने एक संस्थाले प्रयोगकर्ताहरूलाई यस्ता सामाग्रीबाट बचाउन अपिल  समेत गरेको छ । द रियल सोसाइटी फर पब्लिक हेल्थले भनेको छ ‘यस्ता सामाजिक सञ्जालले मानसिक समस्यासँग जुधिरहेका प्रयोगकर्ताहरूको पहिचान गर्न जरुरी छ ।’ संस्थाको रिपोर्टमा सोसल मिडिया एक गम्भीर मानसिक समस्याको कारक बनिरहेको चेतावनी पनि दिइएको छ ।  यूट्युब सबै भन्दा उत्तम  करिब ९० प्रतिशत युवायुवतीले सामाजिक सञ्जालको प्रयोग गर्ने भएका कारण पनि यो खतरा उनीहरूमा बढी हुने रिर्पोटमा उल्लेख छ । एक अनलाइन सर्भेमा मानिसमा फेसबुक, ट्वीटर, यूट्युब,  इन्ष्टाग्राम, तथा स्न्यापच्याटले पारेको मानसिक समस्या बारे अध्ययन गरेको थियो । जसमा १४ प्रश्न सोधिएका थिए । अध्ययनमा प्रत्येक सामाजिक सञ्जालका लागि स्कोर दिइएको थियो । सो अध्ययनमा यूट्युब सबैभन्दा सकारात्मक सामाजिक सञ्जाल देखियो भने, त्यसपछि ट्वीटर र तेस्रो स्थानमा फेसबुक देखिएको थियो ।  इष्टाग्राम तथा स्न्यापच्याटले भने मानिसमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पारेको अध्ययनले रिपोर्टका उल्लेख गरेको छ । 

Post bottom Ad