ओएसनेपाल, पोखरा -सात वर्षअघि पहिलोचोटि नेपालको माटोमा टेकेकी थिइन् आइना बार्काले । अन्ततः उनले यहीँ जरो गाडिन् ।सोसल वर्क विषयमा ब्याचलरको पढाइ सकेर १९ वर्षको उमेरमा छुट्टी मनाउन उनी नेपाल आएकी थिइन् । यस क्रममा एक महिना हेटौंडामा बिताइन् ।
त्यही एक महिनाको बसाई नै उनको जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट सावित भयो । जब उनी आफ्नो देश फर्किइन्, उनको दिमागले ‘बोल्ड डिसिजन’ लिइसकेको थियो ।घर पुगेपछि उनले आफ्ना बुवा-आमालाई भनिन्, ‘म अब नेपालमै बस्छु । त्यहाँ मेरो आवश्यकता छ ।’
आफ्नी एक मात्र सन्तानले यस्तो कुरा गर्दा बाबुआमा स्तब्ध भएका थिए । तर, उनीहरुले छोरीलाई रोक्न सक्ने अवस्था थिएन । किनकि उनीहरुलाई थाहा थियो, छोरीको हठी स्वभाव । उनले जब कुनै निर्णय लिन्छिन्, त्यसबाट कदापी पछि हट्दिनन् ।
‘मेरा बुवाआमाले मलाई राम्ररी बुझ्नुभएको छ,’ बार्का भन्छिन्, ‘म आफूलाई मनमा लागेको काम कुनै पनि हालतमा गरिछाड्छु भन्ने उहाँहरुलाई थाहा छ ।’अन्ततः एक वर्षपछि बुवाआमासँग विदा भएर उनी सँधैका लागि नेपाल फर्किइन् ।पहिले छोरीका बारेमा चिन्तित रहेका बाबुआमा अहिले भने खुशी छन् ।बिगत ७ बर्षे देखि शारीरिकरुपमा अपांग भएका तथा अपांग र आशएहरुलाई सहयोग गर्दै अएकी छिन्.