मलाइ सरकारले लखेटी लखेटी कलाकार बनायो: माग्ने बुढा ~ Online Buzzers

Post Top Ad

मलाइ सरकारले लखेटी लखेटी कलाकार बनायो: माग्ने बुढा

हास्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा)लाई गज्जबको दुविधा आईपरेको छ । आफुलाई सरकारले लखेटी लखेटी कलाकार बनाएको बताउँदै माग्नेले आफ्नो दुविधाको बारेमा बताएका हुन् । फेसबुकमा एक स्टाटस लेख्दै हास्यकलाकार केदार घिमिरेले सरकारले आफु जे गर्न लागेपनि गर्न नदिएको भन्दै ब्यङ्ग्य गरेका छन् ।
सरकारको पछिल्लो कदम प्रदेशको राजधानीको बिषयलाई लिएर केदारले एक स्टास लेखेका छन् । जसमा उनले काठमाण्डौँ बस्न थालेको २५ बर्ष भएको बताउँदै अब राजधानी हेटौँडा भएकोले कता बसौँ भन्ने दुविधा भएको लेखेका छन् । पढौँ उनको स्टाटसः
हिजो मैले फुटपाथमा पसल राखें सरकारले लखेट्यो , टेम्पो किनेर जिबिका चलाउन खोजें सरकारले टेम्पो नै हटाईदियो ,सटरमा पसल खोलें त्यो पनि बाटो बढाउने नाउँमा सखाप पार्यो । (मलाइ सरकारले लखेटी लखेटी कलाकार बनायो ) । मकवानपुरमा भन्दा राजधानीमा राम्रो भबिष्य होला भनेर काठमांडू उपत्यकामा बस्न थालेको २५ बर्ष भयो ,आज आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा पो भन्छ त ! अब म काठमांडू बसौं कि हेटौडा जाउँ ?

Post bottom Ad