मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायमा उत्तारचढाव आउनेछ । मित्रको सहयोगले कार्य पूर्ण हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ। आत्मविश्वास बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम गर्ने उत्साह बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । महत्वपूर्ण काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मान्यजनको सहयोग मिल्नेछ । अधुरा कार्य पूरा हुनेछन् । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक कार्यमा मन जानेछ । राज्यबाट मानप्रतिष्ठा बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जनमा सुधार आउनेछ । बोलीको प्रभाव बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य समस्या देखापर्नेछ । राजनीतिक आक्षेप लाग्नेछ । मन पर्ने सामान उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको धन प्राप्ति हुनेछ । दाजुभाईको सहयोगले मन प्रसन्न रहनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्च वृद्धि हुनेछ । आध्यात्मिक कार्य बढ्नेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सोचेको भन्दा आय आर्जनमा वृद्धि आउनेछ । कूटनीतिक सफलता मिल्नेछ । पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शत्रू बढ्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यमा समय बित्नेछ । परोपकारी र समाजसेवी कार्यमा खर्च बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बिस्तारै बन्नेछन ।
Post Top Ad
Home
nepali-news
Recent-news
आजको दिनको सुरुवात यो रासिफल हेरेर मात्र गर्नुस , दिन राम्रो बित्नेछ ।।( ५ आश्विन २०७४, बिहिवार )