३२ सय मिटरको साडी लगाएर बिहे गर्ने बेहुलीलाई पर्यो फसाद, १० वर्ष जेल सजाय हुनसक्ने ~ Online Buzzers

Post Top Ad

३२ सय मिटरको साडी लगाएर बिहे गर्ने बेहुलीलाई पर्यो फसाद, १० वर्ष जेल सजाय हुनसक्ने

कहिलेकाहीँ अनावश्यक रुपमा बाठो भएर दुनियालाई देखाउने ध्याउन्नमा अन्टसन्ट काम गर्दा फसाद पर्छ । त्यस्तै भएको छ एक बेहुलीलाई ।

दुनियामा कसैले नगरेको काम गर्दै बिहे गर्ने धूनमा लाग्दा श्रीलंकामा एक युवतीले १० वर्ष जेलको हावा खाने खतरा बढेको छ । अहिले सोसल मिडियामा एक जोडी बेहुला बेहुली खुबै ट्रेण्डिङ छन् । श्रीलंकाली यी बेहुला बेहुली निकै सुन्दर पहिरनमा सडकमा हिँडिरहेका देखिन्छन् । यिनीहरुको बिहे हालै भएको हो । बिहे पनि चानचुने होइन । बेहुलीले बिहेमा ३२ सय मिटर लामो साडी लगाएकी थिइन् । त्यो भिमकाय लामो साडी गह्रौँ नहुने कुरै भएन । त्यसैले सेन्ट्रल डिस्ट्रिक्टको मुख्य सडकमा एक सरकारी स्कुलका अढाइ सय जना छात्राहरुलाई सडकमा लत्रिएको साडी सम्हाल्ने जिम्मा दिइएको थियो । बेहुला बेहुली पैदल हिँडिरहेका थिए भने बालिकाहरुले साडी सम्हालिदिएका थिए । त्यतिमात्र होइन १ सय भन्दा धेरै छात्राहरुले हातमा पुष्पगुच्छा लिने फ्लावर गर्लको भूमिका निभाएका थिए ।

त्यस्तो अनौठो बिहे श्रीलंकामा सायद पहिलो पटक नै भएको थियो । त्यसैले बेहुला बेहुली र आगन्तुक समेत निकै उत्साहित थिए । बिहेमा त्यहाँका मुख्यमन्त्रीलाई मुख्य अतिथिको रुपमा निम्त्याइएको थियो र मुख्यमन्त्री बिहे समारोहमा आएर बेहुला बेहुलीलाई आशिर्वाद दिए ।

तर बिहेको त्यो उत्साह केहीक्षणमै आक्रोसमा बदलियो । मानिसहरुले त्यो बिहेको विषयमा अनलाइनमा बिरोध जनाउन थाले । घण्टौँसम्म स्कुले छात्राहरुको दुरुपयोग गरिएको विषयमा कडा विरोध गरियो । वास्तवमा श्रीलंकामा कुनै निजि समारोहमा स्कुले विद्यार्थीलाई तैनाथ गर्नु अपराध मानिन्छ । त्यसैले यदि उक्त विषयमा छानविन भएर बेहुला बेहुली दोषी ठहर भएर १० वर्षसम्मको सजायँ हुनसक्ने प्रावधान रहेको छ ।

अहिले उक्त विषयमा सरकारी तबरबाट छानविन सुरु भएको बताइएको छ ।

Post bottom Ad