साप्ताहिक रासिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुँनेछन् । व्यापारमा लगानि गरि प्रशस्त नाँफा कमाउँन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । धार्मिक अनुष्ठान तथा मन्दिरमा गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । सोमबार तथा मंगलबारको समय मध्यमय रहेकोले बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । व्यापार व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे आम्दानि गर्न सकिनेछ । मामा तथा मावलि पक्षसँग मिलेर गरिने कुनै पनि कामहरु सफलता पुर्वक सम्पन्न हुँदा मन प्रशन्न हुँनेछ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ । जीवनसाथिको माध्ययमबाट महत्पपुर्ण तथा उपलब्धिमुलक कामहरु हुँनेछन् भने रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । व्यापार बिस्तारको सवालमा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्ने अवसर प्राप्त हुँनेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुँनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनमा स्रोतहरु बढ्नेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ भने बिद्या तथा प्रतिश्पर्धामा सफलता हात लाग्नेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । आईतबार र शनिबारको समय मध्यमय रहेकोले खानपान तथा बाहिरि बताबरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति प्रयोग तथा सवारि चलाउँदा तथा यात्रा गर्दा ख्याल गर्नुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढिठ मेहनेत गर्नुपर्नेछ । सोमबार देखि समय उत्तम रहेकोले शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि भने समयले साथ दिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पहिलो दिन अर्थात आईतबारको समय मध्ययम रहेकोले आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । सोमबारदेखि समय राम्रो रहेकोले पढाई लेखाई तथा खोज अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुँनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा सहयोग हँुनेछ । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुँनेछ । आकस्मिक लाभ हुँने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुँनेछ । मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । प्रेम प्रशङगका कोपिलाहरु फक्रियर जानेछन् । परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुँने हुँनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुँनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुँनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आय आर्जन बढाउँन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) हप्ताको शुरु र अन्तको समय मध्ययम रहेकोले खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउँनेछ । माया प्रेममा धोका हुँनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाँफा कमाउँन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुँन सक्छ । गलत ब्यात्तिहरुले प्रभावमा पारेर गलत निर्णय गराउँन बाध्य पार्ने तथा ति निर्णयहरुको सर्बत्र आलोचना हुँने हुँनाले सोच बिचार गरेर काम गर्नुहोला । सोमबार तथा मंगलबारको समय राम्रो रहेकोले लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुँनेछन् भने अदालत तथा न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । नोकरि तथा पेशा व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । आफुभन्दा बिशिष्ट ब्याक्तिसँगको भेटघाटले नयाँ योजना बनाउँन सहयोग पुग्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) साता राम्रो रहेकोले कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुँनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुँनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । प्रशंसकहरु बढ्नेछन् प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ । भने खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाँफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय अनुसार आफ्ना बिषय बस्तुको उँठान गर्न सके आर्थिक रुपमा सम्पन्न होईनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ भने सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ रहने तथा प्रशासनिक क्षेत्रमा सम्मानजनक उपस्थिति रहनेछ । कला साहित्य तथा सिर्जनात्मक क्षेत्रमा लगानि गर्ने अनुकुल बाताबरण बनेर जानेछ । पढाई लेखाईमा अरुलाई निकै पछाडि पारि अगाडि बढ्न सकिनेछ भने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई अगाडि जान सकिने हुँनाले आफन्तहरु खुसि हुँनेछन् । बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुँनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । हप्ताको शुरुमा लामो दुरिको यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मंगलबारसम्मको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुँन सक्छ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने गलत क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् । मंगलबारदेखि समय राम्रो रहेकोले तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । गित संगीत तथा मोडलिङ पेशा व्यावसायमा समय दिनेहरुले चित्तबुझ्दो आम्दानि गर्न सक्नेछन् । योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुँदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुवर्गहरु खुसि भई तपाईको प्रशंसा गर्नेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । सोमबारदेखि समय मध्ययम रहेकोले अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुँने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुँनेछ ख्याल गर्नुहोला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुँने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । आर्थिक रुपमा सबल हुँनका लागि चालिएका कदमहरु कमजोर रहने हुँनाले मानशिक तनाब बढ्नेछ भने मानव निर्मित साधन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । हप्ताको अन्तमा लामो दुरिको यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुँनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । अधुरा कामहरु पूरा हुँनुका साथै नयाँ कामका अवसर आउँनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुँनेछ । बिषेश गरि तरल पदार्थ तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन् ।
तपाईको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९