केटीको चक्करमा बर्बाद बाबाहरु ~ Online Buzzers

Post Top Ad

केटीको चक्करमा बर्बाद बाबाहरु

 भारतमा बाबालाई ईश्वरकै रूपमा लिनेहरूको संख्या निकै ठूलो छ तर बाहिर धर्मगुरु बताउने बाबाहरू केटीको चक्करमा बर्बाद भएका कैयौँ घटना सतहमा आएका छन् । तमाम भौतिक सुख त्यागेर जोगी जीवन बिताउने बाबाका आधुनिक अवतार कुनै बिजनेस टाइकुनका भन्दा कम छैनन् । उनीहरू राजसी ठाँटमा सुखसयल र मोजमस्तबीच रमाइरहेको पाइन्छ । रमाइलो त के भने पछिल्लो समयमा बाबाहरू व्यापार–व्यवसायको ठूलै साम्राज्य हाँक्न थालेका छन् । मानव कल्याणका लागि व्यापार–व्यवसायको साम्राज्य निर्माण एवं परोपकारमा त्यसको आम्दानी खर्च गर्ने कुरालाई त जायज नै मान्न सकिएला, तर कतिपय बाबा त्यही आफ्नो बिजनेस र बाबा पदको आवरणमा अनैतिक कर्ममा समेत संलग्न पाइँदै आएका छन् । खासगरी भारतीय समाजमा ठूलो धार्मिक साम्राज्य खडा गरेका र समाजमा चर्चामा रहेका बाबाहरू नै सुरा–सुन्दरीहरूमा लहसिएर विवादमा तानिएका पाइन्छन् । अझ रोचक त के छ भने यस्ता कर्मकाण्डी बाबाहरू जेलको हावासमेत खाइरहेका छन् । यस्तै, घटना गत हप्ताको सोमबार प्रमाणित नै भयो । ५० वर्षीय चर्चित बाबा गुरमित रामरहिम सिंह दुई महिलालाई बलात्कार गरेको प्रमाणित भएपछि जेल गए । रामरहिम भारतमा सुन्दरी र यौनसँग जोडिएर बदनाम हुने अनि विवादमा तानिने एक्ला बाबा भने होइनन् ।

बाबा परमानन्द 
  उत्तर प्रदेशको बाराबान्कीका बाबा परमानन्द उर्फ रामशंकर तिवारीमाथि लागेको आरोपअनुसार सन्तान दिने नाममा उनी महिलामाथि बलात्कार गर्थे अनि त्यसको भिडियो बनाएर उनीहरूलाई ब्ल्यामेकल गर्दै निरन्तर शारीरिक शोषण गर्थे । बाबा परमानन्दविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए ।

एक पटक बाबाको आश्रमको एउटा कम्प्युटर बिग्रियो । त्यसलाई मर्मत गर्न हार्डवेयर पसलमा पठाइयो । पसलेले कम्प्युटर बनाउने क्रममा आश्रममा तयार पारिएको एउटा अश्लील भिडियो फेला पारे, जसलाई उनले भाइरल बनाइदिए । त्यसपछि पुलिसले बाबाको बारावान्कीस्थित आश्रममा छापा मार्‍यो र त्यहाँबाट अश्लील भिडियोका सिडी तथा अश्लील साहित्यका पुस्तकहरू पनि बरामद भए । पुलिसले परमानन्दलाई २४ मई २०१६ मा गिरफ्तार गर्‍यो । ६५ वर्षीय यी बाबा अहिले लखनउ जेलमा सजाय काटिरहेका छन् ।


आशाराम

सन् १९४१ मा जन्मिएका आशारामले भगवानको खोज गर्ने भन्दै २३ वर्षकै उमेरमा घरबार त्यागेका थिए । यी बाबाको नाममा कैयौं सहरका चौराहको नाम राखिएको थियो । टिभीमा बिहान–बिहानै उनको प्रवचन पनि आउँथ्यो । आशारामले देश विदेशमा ४ सयभन्दा बढी आश्रम निर्माण गरेका छन् । आशाराममाथि उनको आश्रमकी नाबालिकामाथि बलात्कार गरेको घटना बाहिर आयो । आशारामसँगै उनका छोरा नारायण साईं पनि महिलाविरुद्धको उत्पीडनमा दोषी प्रमाणित भए । बलात्कारका दोषी आशाराम १ सेप्टेम्बर २०१३ देखि जोधपुर जेलमा बन्द छन् । उच्च अदालत तथा सर्वोच्च अदालतले उनको जमानत अपिल पनि खारेज गरिदियो । आशारामसँगै उनका छोरा पनि जेलमै छन् ।

नित्यानन्द

 

बैग्लोरको बिदारीस्थित अधीनम मठका २९३ औं प्रधान नित्यानन्दको तमिल अभिनेत्री रन्जीथासँगको एमएमएस भाइरल भयो । उनका कैयौं शिष्यले पनि उनीमाथि यौनशोषणको आरोप लगाएका थिए, तर बाबाका तर्फबाट उक्त एमएमएस र अन्य आरोपहरूको खण्डन गरियो । अनुसन्धानका क्रममा नित्यानन्दको कोठाबाट कन्डम तथा गाजा बरामद गरिएको थियो । जुन २०१२ मा उनलाई पक्राउ गरेर जेल पठाइयो । अहिले यी बाबा जेलबाहिर निस्किसकेका छन् । नित्यानन्दविरुद्ध सन् २०१० मा ठगी तथा अश्लील सामग्रीको व्यापार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।
गुरमित रामरहिम सिंह

गुरमित रामरहिम सिंह विश्वभर ५ करोड अनुयायी भएको भनिएको डेरा सच्चा सौदाका प्रमुख हुन् । हरियाणा राज्यको सिरसास्थित डेरा सच्चा सौदाका अन्य विभिन्न ठाउँमा पनि शाखा छन् । दुई महिलामाथि बलात्कारको आरोप प्रमाणित भएपछि पंचकुलास्थित सीबीआई अदालतले उनलाई २० वर्ष जेल सजाय तोकेको थियो । २८ अगस्ट २०१७ देखि उनी जेलजीवन बिताइरहेका छन् । आफूलाई धार्मिक गुरु, सामाजिक लिडर, अभिनेता, निर्देशक, गीतकार तथा रकस्टार बताउने यी बाबाविरुद्ध सन् २००२ मै सिरसास्थित डेरामा साध्वीविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो जुन १५ वर्षपछि प्रमाणित भएको हो ।


Post bottom Ad