ओएसनेपाल क्यालीफोर्निया- बि.स.२०७४ आश्विन ०८ गते । आईतबार । ईश्वी सन् २०१७ सेप्टेम्बर २४ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । आश्विन शुक्ल पक्ष । तिथि चतुर्थी १५ घडि ०२ पला,बिहान ११ बजेर ५४ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र बिशाखा ५७ घडी १८ पला । योग वैधृति ०८ घडि ५५ पला,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त विश्कुम्भ । करण भद्रा,बिहान ११ बजेर ५४ मिनेट उप्रान्त वव, रातको १२ बजेर ३७ मिनेट उप्रान्त वालब । आनन्दादिमा उत्पात योग । चन्द्ररासि तुला,बेलुका १० बजेर १७ मिनेट उप्रान्त बृश्चिक । शारदीय नवरात्र ।
काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ५६ मिनेट जादा । दिनमान ३० घडी ०८ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुँनेछ ।
प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ ।
शुभ अंक — १,९ शुभ दिशा — दक्षिण
शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुँनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ ।
शुभ अंक — २,३ शुभ दिशा — पश्चिम
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुँन सक्छ ख्याल गर्नुहोला ।
शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ । पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ ।
शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुँनेछ भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउँन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुँनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।
शुभ अंक — ५,६ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुँन पनि सक्छ । निर्णायक पदमा हुँनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ अरुको प्रभावमा परि गलत निर्णणहरु हुँन सक्छन् । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुँनेछ । साथिभाई सँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणाम आउँन पनि सक्छ ख्याल गर्नुहोला ।
शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुँनेछन् ।
शुभ अंक — ३,७ शुभ दिशा — उत्तर
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ । गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।
शुभ अंक — ५,८ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । थोरै पुँजी तथा सिमित स्रोत साधनबाट असिमित आवस्यकता पुरा गर्न सकिनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुँनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।
शुभ अंक — ६,९ शुभ दिशा — उत्तर
शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ ।
शुभ अंक —१,७ शुभ दिशा — पुर्व
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुँनेछ । धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुँनेछन् । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने सोचबिचार गरेर मात्र सुरु गर्नुहोला । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको नाम अग्र स्थानमा आउँने हुँदा मन प्रशन्न रहनेछ ।
शुभ अंक — २,८ शुभ दिशा — दक्षिण
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर परिवारमा आउँने समस्याले व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण खस्केर जानेछ । संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुँनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ । माया प्रेममा मन परेको मानिस सँग घटपट भएपनि मित्रताको बन्धन भने चुटिने छैन ।
शुभ अंक — ६,९ शुभ दिशा — दक्षिण
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम